
११ भदौ, बर्दिया, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका उप–प्रमुख शुशिला गिरीमाथि अपशब्द सहित अभद्र व्यवहार भएको घटनामा संलग्नलाई नेपाली कांग्रेस बर्दियाले कार्यवाहीको माग गरेको छ ।
हिजो १० गते बिहान करिब ११ बजे तिर आफनो निवास बाट कार्यालय तर्फ जाँदै गरेकी उप–प्रमुख गिरीलाई केही उछ्श्रृंखल समुहले गुलरिया नगरपालिका कार्यालयको मुल गेट बाहिर स्कुटर रोकेर अपशब्द, गालीगलौज सहित दुर्व्यवहार गरेकोले संलग्नता भएको व्यक्तिलाई कार्यवाही गर्न विज्ञप्तीमा जनाइएको छ ।
गुलरिया नगरपालिका उप प्रमुख एवम् नेपाली कांग्रेस बर्दिया नेपाल महिला संघ कि जिल्ला अध्यक्ष समेत रहेकी सुशिला गिरीमाथी दुर्व्यवहार भएको स्थान जिल्ला प्रशासन कार्यालय बर्दियाको कार्यालय अगाडी रहेको गुलरिया नगरपालिका कार्यालय को गेट अगाडि भएको थियो ।
उप प्रमुख गिरीमाथि भएको दुरव्यवहार प्रति जिल्ला स्थित महिला अधिकारकर्मीहरूले खेद ब्यक्त गरेका छन् । हिजो १० गते बसेको महिला अधिकारकर्मीहरूको बैठकले समेत उक्त घटनामा संलग्नहरु माथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन–पत्र बुझाएका छन् ।