सरकारद्वारा भदौ ९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक (सुचीसहित)


  • Jaynepalnews
  • बिहिबार, भदौ ११, २०७७

११ भदौ, काठमाडौँ । सरकारले भदौ ९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।

सरकारका निर्णय सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. खतिवडाले घिसिङलाई नियुक्ति गर्न कुनै प्रस्ताव समेत नआएको र यस बारेमा कुनै निर्णय पनि नभएको स्पष्ट गरेका छन् ।

घिसिङको नियुक्तिको विषयमा सोधिएको प्रश्नको जवाफमा डा. खतिवडाले भने – ‘उँहालाई सामाजिक संजालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि भएको छैन । त्यसैले त्यो लेखाइ र बोलाइमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology