
१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको आज शुक्रबार विहान ६ स् ५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।
निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते विहान ९ : ३० बजेको समयमा श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।