कोरोना महामारीका बीच पनि ट्रम्पले एक हजारभन्दा बढी सहभागीलाई चुनावी सम्बोधन


  • Jaynepalnews
  • शुक्रबार, भदौ १२, २०७७

१२ भदौ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जोय बाइडेमाथि कडा आक्रमण गरेका छन् । राष्ट्रपति ट्रम्पले रिप्बलिकन पार्टीको कन्भेन्सनलाई सम्बोधन गर्दै बाइडेनले चुनाव जितेमा अमेरिकाको सपना चकनाचुर हुने बताएका छन् ।

बाइडेनले अमेरिकाको अहिलेको संकटलाई झन् बढाउने बताउदै आफु जातिवाद, समाजवाद र अराजकताको विरुद्ध दिवार जस्तै खडा भएको बताएका छन् ।

उनले भने, यो निर्वाचनले तय गर्ने छकीहामी अमेरिकी सपनालाई बचाऊछौकी एक समाजवादी एजेन्डालाई आफ्नो मेहनतले बनाएको संरचनालाई बर्बाद गर्ने अनुमति दिन्छौं ।

उनले अगाडी भने, यो चुनावले तय गर्नेछकी हामी कानुनको पालना गर्ने अमेरिकीको रक्षा गर्छौं या आफ्नो नागरिकलाई धम्की दिने अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिन्छौं ।

कोरोना महामारीका बीच पनि ट्रम्पले एक हजारभन्दा बढी सहभागीलाई सम्बोधन गरेका थिए ।

नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अब बाइडेन डेमोक्रेटिकबाट र ट्रम्प रिपब्लिकनबाट आआफ्नो पार्टीको कन्भेन्सनबाट आफ्नो मनोनयन स्वीकार गरेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक लाख ८४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा कोरोना अझै कम हुने संकेत देखिएको छैन ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जोय बाइडेमाथि कडा आक्रमण गरेका छन् । राष्ट्रपति ट्रम्पले रिप्बलिकन पार्टीको कन्भेन्सनलाई सम्बोधन गर्दै बाइडेनले चुनाव जितेमा अमेरिकाको सपना चकनाचुर हुने बताएका छन् ।

बाइडेनले अमेरिकाको अहिलेको संकटलाई झन् बढाउने बताउदै आफु जातिवाद, समाजवाद र अराजकताको विरुद्ध दिवार जस्तै खडा भएको बताएका छन् ।

उनले भने, यो निर्वाचनले तय गर्ने छकीहामी अमेरिकी सपनालाई बचाऊछौकी एक समाजवादी एजेन्डालाई आफ्नो मेहनतले बनाएको संरचनालाई बर्बाद गर्ने अनुमति दिन्छौं ।

उनले अगाडी भने, यो चुनावले तय गर्नेछकी हामी कानुनको पालना गर्ने अमेरिकीको रक्षा गर्छौं या आफ्नो नागरिकलाई धम्की दिने अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिन्छौं ।

कोरोना महामारीका बीच पनि ट्रम्पले एक हजारभन्दा बढी सहभागीलाई सम्बोधन गरेका थिए ।

नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अब बाइडेन डेमोक्रेटिकबाट र ट्रम्प रिपब्लिकनबाट आआफ्नो पार्टीको कन्भेन्सनबाट आफ्नो मनोनयन स्वीकार गरेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक लाख ८४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा कोरोना अझै कम हुने संकेत देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology