
१२ भदौ, काठमाडौँ । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
नेपाली काँग्रेसबाट सांसदसमेत रहेका चौधरीले सामाजिक संजाल ट्वीटरमा आफु संक्रमित भएको जानकारी दिएका छन् । शुक्रबार गरेको पिसिआर टेस्टमा आफुलाई पोजेटिभ देखिएको बताउदै उनले आफुलाई कुनै लक्षण नभएको बताएका छन् ।
पोजेटिभ देखिएपछि आफु अहिले डाक्टरको सल्लाह अनुसार आसोलेसनमा रहेको बताउदै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।