पुजारीका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गर्ने राप्रबिसका विद्यार्थी पक्राउ


  • Jaynepalnews
  • शुक्रबार, भदौ १२, २०७७

१२ भदौ, काठमाडौँ । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रबिस) ले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको छ ।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरिले १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकिमा राखिएको छ ।

बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology