पार्टी एकता अझ सुनिश्चित हुँदैछ : प्रवक्ता श्रेष्ठ


  • Jaynepalnews
  • आइतवार, साउन ३२, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । उनले पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन् । ‬उक्त प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उनले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको समेत बताएका छन् ।

‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ’ श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology