नेपालमा कोरोना संक्रमित ३७ हजार ३ सय ४० पुगे


  • Jaynepalnews
  • शनिबार, भदौ १३, २०७७

काठमाडौं । नेपालमा ८८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुने कुल संख्या ३७ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । आज २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ । आज काठमाडौं उपत्यकामा कुल १८६ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंका १५५ जना , ललितपुरका १९ जना र भक्तपुरका १२ जना हुन् ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology