‘डा. केसीलाई दुर्व्यवहार गर्दा प्रधानमन्त्रीको लाज हरायो’


  • Jaynepalnews
  • आइतवार, भदौ १४, २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा। गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गरिएकोमा आपत्ति जनाएका छन् । हाल जुम्लामा रहेका डाक्टर गोविन्द केसीलाई अनसन बस्ने तयारी गर्न लागेको भन्दै प्रहरीले अवरोध गर्ने र निगरानी गरेको स्वयं डा.केसीले बताउदै आएका छन् ।

सांसद थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ? भन्दै प्रश्न गरेका छन् ।

साथै उनले जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन भनेका छन् ।

उनले भनेका छन् –

‘ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology