
१४ भदौ, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
रौतहटको गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार साँझ मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ ७ बजेर ३० मिनेटमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो ।