कांग्रेसको लाजलाग्दो पारा, आधिकारीक वेवसाइटमा अर्कैको न्यूज पोर्टल खुलिराछ


  • Jaynepalnews
  • सोमवार, भदौ १५, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आधिकारीक वेवसाइटमा समस्या देखिएको छ । कांग्रेसको आधिकारीक वेवसाइट www.nepalicongress.org खोल्दा एवाननेपाल डटकम डटएनपीको वेवसाइट खुलिरहेको छ । who.is को डाटामा www.nepalicongress.org डोमेन अगस्ट १६ तारिखमा अपडेट भएको र नेपाली कांग्रेस केन्द्रीय कार्यालयकै नाममा रहेको भएपनि साइट भने खुलिरहेको छैन ।

वेवसाइटमा समस्या देखिएको लामो समय भएपनि कांग्रेस सचिवालय यसबारे बेखबर रहदै आएको छ । पार्टी कार्यालयमै वाररुम, टेलिभिजन र अडियो स्टुडियो बनाएको कांग्रेसले आफ्नै वेवसाइट गतिलो बनाउन नसक्नुलाई सामान्य रुपमा लिन सकिएला र ? फेसबुक र ट्वीटरमा गुटकेन्द्रीत अभियान चलाउन व्यस्त कांग्रेसको प्रचार विभागले आफ्नै वेवसाइटमा अर्कैको न्यूजपोर्टल खुलिरहेको थाहा पाएन होला की सो अनलाइन नै कांग्रेसको प्रचार विभागको होकि ? प्रश्न उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology