
१५ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक बालिकासहित तीन महिला र ४ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा महोत्तरीमा ४ बर्षिय बालिका, गोरखा र रुपन्देहीका एक एक गरी तीन तीन महिला रहेका छन् ।
त्यस्तै झापा, रौतहट, चितवन भक्तपुरका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।