प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण


  • Jaynepalnews
  • मङ्लबार, भदौ १६, २०७७

१६ भदौ, विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology