उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै


  • Jaynepalnews
  • मङ्लबार, भदौ १६, २०७७

१६ भदौ, काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । भर्चुअल बैठकले जारी निषेध-आदेशलाई निरन्तरता दिने वा अन्त्य गर्ने निर्णय लिने अधिकार गृहमन्त्रालयलाई नै सुम्पिने तयारी गरेका छन् ।

मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका छन् । तीनवटै प्रशासनले निषेध(आदेशविरुद्ध सम्भावित जनआक्रोश आफूतिरै सोझिन सक्ने देखेर यसको निर्णय लिने अधिकार गृहलाई नै दिन लागेका हुन् ।

‘हामी भर्चुअल मिटिङ गरेर निर्णय सहित गृह मन्त्रालयलाई पठाउँछौं’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘गृहको सल्लाह अनुसार नै अबको निषेध(आदेश कस्तो हुने भन्ने मोडालिटी तय हुनेछ।’

भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेध(आदेश अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो । थपिएको निषेध(आदेश बुधबार रातिबाट सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology