नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो


  • Jaynepalnews
  • मङ्लबार, भदौ १६, २०७७

१६ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक ४ बर्षिय बालिकासहित १० जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा महोत्तरीका ४ बर्षिय बालिका रहेका छन् ।

त्यस्तै पर्साका ३ जना, काठमाडौँका २ जना तथा बारा, सिराहा मकवानपुर, चितवन र महोतरीका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology