
१७ भदौ, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुकी ६० बर्षिय महिला रहेकी छन् ।
भदौ ७ गते कोरोना पुष्टि भएर अस्पताल भर्ना भएकी ति महिलाको आइसीयुमा उपचारको क्रममा बुधबार बिहान ९स्१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
कपिलबस्तुको कपिलवस्तु नगरपालिका(११ निवासी ति महिलालाई उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, ब्लड प्रेसर रहेको अस्पतालले जानकारी दिएको छ ।