विजय मिश्रलाई अख्तियारले भन्यो- सात दिनभित्र सम्पर्कमा आउनु


  • Jaynepalnews
  • बुधबार, भदौ १७, २०७७

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आएन सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचार मन्त्रीबाट राजीनामा दिएका थिए।

आज एक सार्वजनिक सुचना जारी गर्दे अख्तियारले मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन भनेको हो।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ, ।

अख्तियारको सूचनामा भनिएको छ, ‘यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहारी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भई जानेछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology