नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण


  • Jaynepalnews
  • बुधबार, भदौ १७, २०७७

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४१ हजार ६४९ जना पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology