
१८ भदौ, काठमाडौँ । रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ निवासी ७७ बर्षिय महिला रहेकी छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार भदौ १७ गते साँझ ७ बजे अस्पताल भर्ना भएकी ति महिलाको अस्पतालको फिभर क्लिनिकमा उपचारको क्रममा गएराती ४ : ३० बजे मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएकी ति महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।