सामान्य काम मल पनि उपलब्ध गराउन नसक्ने सरकार कस्तो सरकार ?


  • Jaynepalnews
  • बिहिबार, भदौ १८, २०७७

१८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले अब यो सरकार जनताको सरकार नरहेको बताएकी छन् ।

सांसद संग्रौलाले सामाजिक संजालमा टिप्पणी गर्दै सरकारले सामान्य भन्दा सामान्य काम समेत गर्न नसकेको भन्दै अब जनताको सरकार नरहेको बताएकी हुन् ।

कृषकहरुले रासायनिक मल नपाएर बालिनाली तहसनहस हुन पुगेको भन्दै सांसद संग्रौलाले कृषि मन्त्रीले कम कबोल्नेलाई ठेक्का दिदा समस्या भएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको बताएकी छन् ।

सांसद संगौलाले तुरुन्त किसानलाई मलको व्यवस्था गर्न माग गर्दै गर्न नसके सरकारबाट राजीनामा दिन माग गरेकी छन् ।

उनले भनेकी छन्

सरकार अब जनताको सरकार रहेन । सामान्य भन्दा सामान्य कार्य पनि सरकारले गर्न सकेन जनताको हितको लागि । कृषकहरुले रासायनिक मल नपाएर बालिनाली तहसनहस हुन पुगेको छ । ११ अरब रुपैयाँ मल अनुदानकालागि सरकारले बजेट छुट्टाएको छ । किसानलाई कम्तिमा पनि ५ लाख मेट्र्क टन मलको आबस्यकता पर्दछ । समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडी चलखेल गर्नकै लागि नै टेन्डरमा ढिलासुस्ती गर्नु एकातर्फ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहिन कम्पनिहरुलाइ आपुर्तिको ठेक्का नै हो । २५/२५ हजार मेटृक टन मल आयात गर्ने जिम्मा पाएका सैलुङ र हानिको मल्टिपलले मल आयात नै गरेनन् ।

दुबै कम्पनिका मालिकहरु सत्ताका नजिक्का रहेका छन् । कृषि मन्त्रीले कम कबोल्नेलाइ ठेक्का दिदा समस्या भएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको कुरा बाहिर आएको छ । त्यसो भए सबभन्दा बढी कबोल गर्नेलाई ठेक्का दिएर मालामाल हुने अबसर आएको छ मन्त्री जी १ यो र त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत छ । किसानको कुरो मात्र हैन सरकार १ यो त राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो । मलको अबिलम्ब ब्यबस्था गर सरकार १ हैन भने कुर्सीमा टासिंरहनुको कुनै अर्थ छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology