अभिनेता दीलिपकुमारले गुमाए दुवै भाई


  • Jaynepalnews
  • बिहिबार, भदौ १८, २०७७

१८ भदौ, काठमाडौँ । बलिवुड अभिनेता दीलिपकुमारका अर्का भाईको पनि निधन भएको छ ।

९२ बर्षका एहसान खानको गएराती मुम्बई स्थित लिलावती अस्पतालमा निधन भएको हो । उनी कोरोना संक्रमित थिए । साथै उनलाई हृदय रोग र उच्च रक्तचापका विरामी थिए । लिलावती अस्पतालले एह्सान खानको मृत्यु भएको जानकारी दिदै उनी उच्च रक्तचाप, हृदय रोग र अल्जाइमरका बिरामी भएको बताएको छ ।

यस अघि अभिनेता दीलिप कुमारका साना भाइ असलम खानको गत भदौ ५ गते अघि ८८ बर्षको उमेरमा निधन भएको थियो । उनी पनि कोरोना संक्रमित थिए भने लिलावती अस्पतालमै उनको निधन भएको थियो ।

कोरोनाको महामारीका बीच ९७ बर्षिय अभिनेता दीलिपकुमारले आफ्ना दुवै भाइलाई दुई साताको अवधिमा गुमाएर पारिवारिक शोकमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology