चितवनमा थप एक महिला कोरोनाबाट मृत्यु


  • Jaynepalnews
  • बिहिबार, भदौ १८, २०७७

१८ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ स् ४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी ९सुस्तापूर्व०का १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology