
१८ भदौ, काठमाडौं । नेपालमा थप १२ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३९४ महिला र ८३४ पुरुषसहित १२ सय २८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २४ हजार २०७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ४१३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ७ लाख ३१ हजार ८५२ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६ हजार ७४९ ना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ६७१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार ७४२ जना रहेका छन् ।
अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १४१ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल १७ रहेका छन् ।