राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई मनोनित गर्ने, अर्थमन्त्री खतिवडाले राजीनामा दिनुपर्ने


  • Jaynepalnews
  • शुक्रबार, भदौ १९, २०७७

१९ भदौ, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजो सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मनोनित गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई मनोनित गर्ने जनाकारी दिएको बताएका छन् ।

साथै बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल गरि ठोस कार्ययोजना बनाएर प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको सल्लाहकार थापाले बताएका छन् ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई मनोनित गर्ने चाहना राखेपनि नेकपाको यस अघिको सचिवालयले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेकाले गौतमले सो निर्णय कार्यान्वयन गर्न दबाब दिएका थिए ।

योसँगै अब अर्थमन्त्री खतिवडाले राजीनामा दिनुपर्ने भएको छ । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुनमा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो । सरकारले भदौ २० सम्म उनलाई मनोनित नगर्ने भएपछि आउदो शनिबारसम्म उनले राजीनामा दिनुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology