१७ हजार ४९५ जना निको भए कोरोनाबाट


  • Jaynepalnews
  • सोमवार, भदौ १, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणपछि थप १६० जना संक्रमित निको भई घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएको जानकारी दिए। यो कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो।

पछिल्लो समय ११ हजार ५२० को परीक्षण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology