सभापति देउवाद्वारा बाग्लुङ बाढीपहिरा पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह


  • Jaynepalnews
  • शुक्रबार, भदौ १९, २०७७

१९ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिराबाट १४ जनाको मृत्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले एक प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् । सभापति देउवाले पहिरामा परी जीवन गुमाएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले सम्पर्कविहीन हुन पुगेकाको खोजी कार्यलाई तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology