मन्त्रिपरिषदको बैठक बस्दै


  • Jaynepalnews
  • शुक्रबार, भदौ १९, २०७७

१९ भदौ, काठमाडौं। राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्। आजकै बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology