नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु


  • Jaynepalnews
  • शुक्रबार, भदौ १९, २०७७

१९ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र एक जना चितवनका महिला रहेका छन् ।

त्यस्तै सप्तरीका २ जना, धनुषा, कास्की, रसुवा, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतका एक एक जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४६४ महिला र ८९५ पुरुषसहित १३ सय ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology