
१९ भदौ, काठमाडौं । नेपालमा थप १३ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४६४ महिला र ८९५ पुरुषसहित १३ सय ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।
प्रतिक्रिया