प्रचारमा आएजस्तो मन्त्रिपरिषद् पुनर्गठन नहुने


  • Jaynepalnews
  • शुक्रबार, भदौ १९, २०७७

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन तत्काल नगर्ने स्पष्ट गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मात्रै मन्त्रीहरु थप गर्ने संकेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बाहिर प्रचारमा आएजस्तो पूरै मन्त्रिपरिषद् पुनर्गठन नहुने बताउदै ढुक्कसँग काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले अढाई वर्ष अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई धन्यवाद दिदिदै उनलाई मन्त्रिपरिषद् बाहिर रहेर सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकमा सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। खतिवडाले आफ्नो कार्यकालको समीक्षा गरेका थिए । उनले अढाई वर्ष अर्थमन्त्री र ६ महिना सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहेर गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री खतिवडाले आजै अर्थमन्त्रीबाट राजीनामा दिने बैठकमा बताएका थिए ।

शुक्रबार नै राष्ट्रिय सभाको रिक्त एक सदस्यमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने चर्चा भए पनि सिफारिश भने नभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology