
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सिद्धान्त र विचारको लडाई हो । काँग्रेसभित्रको मेरो लडाई नै विचारसहितको पार्टीको रुपमा स्थापित गर्नुपर्छ भन्ने हो । विचारको बलमा हामीले राजनीति गर्नुपर्छ । राज्यसत्ताका लागि पनि हतियारको बलमा हैन विचार प्रमुख हो । नेकपा विचारहीन पार्टी हो । काँग्रेस विचारसहितको पार्टी हो ।
अहिले विचारलाई मजबुत बनाउने भन्दा तानतुन गरेर जोडघटाउ गरेर सत्ता कब्जा गर्ने कामलाई उत्तम मान्न सकिन्न । पार्टीका आदर्श र सिद्धान्तलाई लिएर जनतामा जानुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आयको मिसनलाई लिएर जनतामा जानुपर्छ । अब यसरी लड्न सकेन भने कम्युनिस्टसँग प्रतिष्पर्धामा हामी खरो उत्रन सक्दैनौ । नेपाली कांग्रेस रुढीग्रस्त समाजलाई नयाँ आधुनिक र लोकतान्त्रिक बनाउन एउटा मिसन लिएर जन्मेको पार्टी हो । र, त्यो विचारको नेतृत्व बीपी कोइरालाले दिनुभयो ।
अहिले विचारको कुरामा केही ख्याल गर्न छोडिएको छ । विचार भन्दा बलियो सौदावाजीका भरमा राजनीति चलाउने प्रवृति बढेको छ । अहिले मैले देशभरीका कार्यकर्तालाई मेरो विचार बुझाउने र सम्झाउने कार्य गरिरहेको छु । यो बाटोबाट नेपाल जानुपर्छ भन्ने कुरा साथीहरुलाई पटकपटक सम्झाउने कोसिस गरेको छु । हाम्रो मिसन जित हारको कुरामा निर्भर रहन्छ । विचार मिल्ने साथीहरुसँग पनि भनिरहेको छु ।
राजनीतिको लडाई विचारको लडाई हो । तर्कको लडाई हो । उहिले उहिले ठूला ठूला लडाईमा जसको राम्रो हतियार हुन्थ्यो, त्यसले लडाई जित्थ्यो । युद्ध जित्थ्यो । अहिलेको लडाई तर्कको लडाई हो । तर्कको लडाईमा हामीसँग जुन तर्क छ । यो हामी जोसँग चुनाव लड्दै छौं । तिनलाई हामीले प्रयोगमा ल्याएनौ । बोल्नुस् साथीहरु मुख खोलेर बोल्नुस् भनेर मैले बेलाबेला भन्ने गरेको छु ।
बीपीले भन्नुहुन्थ्यो सत्यको मुख बन्द गरियो भने असत्यको थुतुनो चम्कन थाल्छ । विचारको पक्षलाई सशक्त रुपमा प्रस्तुत गर्न नसक्दा यस्ता प्रवृत्तिले मौका पाउँछन् । विचार सशक्त बनाए यस्ता प्रवृत्ति हराउँदै जान्छन् । कार्यकर्ताले कुरा बुझ्दै जान्छन् । यही बुझाउने तर्फ हामी लाग्नुपर्छ र चौधौ महाधिवेशनलाई तलदेखि केन्द्रीय समितिको चयन हुँदा समेत विचारको बहस होस भन्ने मेरो चाहाना हो ।
नेपाली कांग्रेससंग युवाहरु अलि टाढा भएकी भन्ने मैले महशुस गरेको छु । बीपीभन्दा पछि क्रमशः आकर्षण घट्दै गएको छ । म निरन्तर किन बोल्दैछु । मैले बीपीले बोल्नुभएको गणेशमानले भन्नुभएको समाजवाद नयाँ सन्दर्भमा कसरी मिट हुन्छ ? बीपीले भन्नुभयो, हरेक परिवार बिहान बेलुका दूध र भात खान पाउने। रोग लाग्दा उपचार गर्न पाउने।
हरेक गाउँमा आधुनिक सुविधा पु¥याउने। बीपीकै विचारलाई उचाईमा लाने हो । निमुखालाई त न्याय चाहियो । आजको सन्दर्भलाई कसरी ल्याउने ? अहिले कोरोानका कारण विदेशबाट गाउँ फर्केकालाई गाउँमै बस्ने वातावरण बनाउन सकिन्छ । सबैले न्याय पाउन् भन्ने कुरा नै समाजवादको मुलमन्त्र हो । काँग्रेसलाई वि(चारको धरातलमा उभ्याउन सकिन्छ । यसरी कांग्रेसलाई विचारको धरातलमा उभ्याउन सकियो भने निराश हुनुपर्छ भन्ने लाग्दैन् ।
(कांग्रेस वरिष्ठ नेता पौडेलको पहिलो पोष्टमा प्रकाशित अन्तरवार्तामा आधारित)