
२१ भदौ, काठमाडौँ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना मुक्त भएका छन् ।
१० दिन अघि कोरोना पोजेटिभ देखिएका चौधरीले शनिबार कोरोनाबाट मुक्त भएको जानकारी दिएका छन् ।
चौधरीले एक संदेश जारी गर्दै १० दिनसम्मको एकान्तबासले ठुलो उर्जा र प्रेरणा दिएको बताउदै आफु आज कोरोना मुक्त भएको बताएका छन् ।
उनले भनेका छन्, ुमैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाई र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफुलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु । यँहाहरुको माया सधै पाइरहु ।ु
१० दिन अघि चौधरी आफैले आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए ।