राष्ट्रियसभा होइन हरूवा राहतसभा : संग्रौला


  • Jaynepalnews
  • आइतवार, भदौ २१, २०७७

२१ भदौ, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्तो सुझाव दिएका हुन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालिएको टिप्पणी गरको छन् । उनले श्रेष्ठ र गौतमलाई प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेको भनेर संज्ञा दिएका छन् ।

उनले लेखेका छन्,”प्रतिनिधिसभाकाे चुनाव हार्नमात्र जानेका ना.काजी-वामदेवलाई काँधमा बाेकेर राष्ट्रिय सभामा उकालियाे।नेकपाका बाँकी हरूवाहरूलाई पनि यसैगरी उकालाैं र राष्ट्रिय सभाकाे नाम हरूवा राहत सभा राखाैं।लाेकतान्त्रिक जनमतकाे सम्मानमा याे नेकपाकाे अविस्मणीय याेगदान ठहरिने छ।हरूवाहरूलाई चेतना भया!”

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology