नेकपा स्थायी कमिटी बैठक भदौ २६ मा बस्ने


  • Jaynepalnews
  • सोमवार, भदौ २२, २०७७

२२ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगित स्थायी कमिटी बोलाइएको छ ।

सोमबार नेकपाक दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलसहितको छलफलबाट स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले श्रावण १३ गते स्थगित स्थायीकमिटी बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका छन् ।

गत असार १० गतेदेखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको र श्रावण १३ गते अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेका थिए ।

पछिल्लो समय पार्टीको विवाद मिलाउन कार्यदल गठन भएको र कार्यदलले दिएको प्रतिवेदनको आधारमा विवाद मिलाउने सहमति भएकोले नेकपाको विवाद केहि मथ्थर भएको छ ।

यसैबीच भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि नेकपा भित्रको विवादको नयाँ अध्याय शुरु भएको देखिएको छ । पार्टीले निर्णय गरेपछि अर्थमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिएका छन् भने प्रधानमन्त्री ओली गौतमलाई राष्ट्रिय सभमा मनोनितका लागि सिफारिश गर्न समय लिइरहेका छन् ।

कार्यदलको सुझावको आधारमा मन्त्रिमण्डल हेरफेर र प्रदेश सरकार समेत हेरफेर गर्नुपर्ने अवस्थामा नेकपाको स्थगित स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमा आधारित रहेर दुवै अध्यक्षले ल्याउने प्रस्ताव माथि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology