उपसभामुख तामाङ कोरोना सङ्क्रमणमुक्त


  • Jaynepalnews
  • सोमवार, भदौ २२, २०७७

२२ भदौ, काठमाडौं । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् ।

दोस्रो पटक पिसिआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमण मुक्त भएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।

केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनि हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बसेकी थिईन् । उपसभामुख तामाङले आफू र छोराको समेत दोस्रो पटक पिसिआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिईन्।

उनले आफ्नो स्वकीय सचिव एलिसा थापाको पिसिआर परीक्षण नतिजा पोजेटिभ आएको हुँदा उनी होम आइसोलेसनमा बसेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology