थप ११ जनाको मृत्यु


  • Jaynepalnews
  • सोमवार, भदौ २२, २०७७

२२ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र कास्कीकी जना जना रहेका छन् ।

त्यस्तै सिरहाका २ जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर र बाँकेका एक जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology