
२३ भदौ, कपिलवस्तु । कपिलवस्तुमा एकजना पत्रकारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पत्रकारको मृत्युको कारण कोरोना संक्रमण भएको खुलासा भएको हो ।
मृत्यु भएका पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए । उनका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएर उनीहरु घरमै आइसोलेशनमा बसिरहेका थिए ।
मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन । उनका २ छोराले पीपीई लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।