नयाँ पुस्ताबाट म पनि कांग्रेस सभापतिको दावेदार हुँ : कल्याण गुरुंग


  • Jaynepalnews
  • मङ्लबार, भदौ २३, २०७७

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुंगले १४औं महाधिवेशनमा नयाँ पुस्ताबाट आफु पनि दाबेदार रहेको बताएका छन् । एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा नेता गुरुंगले १४औं महाधिवेशनमा नयाँ पुस्ताबाट आफु पनि सभापतिको दाबेदार रहेको बताए हुन् ।
नयाँ पुस्ताले सभापति आँट गर्न सक्छ भन्ने प्रश्नको जवाफमा उनले नयाँ पुस्ताले सक्ने र त्यसभित्र आफु पनि पर्ने बताएका हुन् ।

उनले आफुले उमेदवारीलाई बार्गेनिंग टुुल्सका रुपमा भने प्रयोग नगर्ने बताए । ७० वर्ष कटेका ७ जना नेताहरुले सभापतिको दाबेदारी गरिरहँदा आफुहरु नयाँ पुस्ताले किन आँट नगर्ने रु भन्दै उनले प्रतिप्रश्न पनि गरे ।

नेता गुरुंगले पार्टीमा धेरैले उमेदवारी घोषणा गर्नु राम्रो कुरा भएको बताए । तर, उमेदवारीलाई बार्गेनिंग टुल्सका रुपमा प्रयोग गर्न नहुनेमा उनले जोड दिए । उमेदवारी बार्गेनिंग टुल्सका रुपमा प्रयोग गर्न नहुने भन्दै उनले जुन पदमा घोषणा गरेको हो सोही पदमा चुनाव लडनुपर्छ भन्नेमा आफु प्रष्ट रहेको बताए ।

माथिल्लो पदमा उमेदवारी घोषणाको हल्ला गरेर तल्लो पद सुरक्षित गर्न नहुनेमा उनको जोड थियो । उनले पार्टीभित्र कुनै पनि पुस्ता चुनौतीविहिन नभएको पनि बताए ।

त्यस्तै, नेता गुरुंगले महाधिवेशनको तिथि मिति घोषणा भइसकेपछि विभाग गठन गर्नु नहुने बताए । महाधिवेशन घोषणा भएपछि त्यसलाई प्रभावित पार्न सक्ने कुराहरु गर्दा भोली नजिर भन्न सक्ने भन्दै उनले विभाग गठनको समय उपयुक्त नभएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology