
२३ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ५ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँकी ८० बर्षिय महिला रहेकीछन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ७० बर्षिय पुरुष, पर्साका ५४ बर्षिय र ६० बर्षिय, काठमाडौँका ८५ बर्षिय र कपिलवस्तुक ६२ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३०७ महिला र ५९५ पुरुषसहित ९०२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।