संक्रमण देखियो तर स्वस्थ छु : महामन्त्री कोइराला


  • Jaynepalnews
  • मङ्लबार, भदौ २३, २०७७

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले आफूमा कारोना संक्रमण पुष्टी भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत डा.कोइरालाले कोरोना पोजेटिभ पुष्टि भएपनि कुनै लक्षण नदेखिएको जानकारी दिएका हुन् ।

“कोरोना संक्रमण पुष्टि भएको छ तर मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । हाल चिकित्सकहरुको सल्लाह अनुसार म आइसोलेसनमा बसेको छु ।”, डा. कोइरालाले भनेका छन् ।

यसैबीच, कोइरालासंग नियमित सम्पर्कमा रहेका १९ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोइरालाकी पत्नी डा. सुपात्रा कोइरालासहित कांग्रेस नेता भरतराज तिवारी, सहयोगी सुरज उप्रेतीसहित नियमित सम्पर्कमा रहने सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

 

यो पनि पढ्नुहोस्:

महामन्त्री कोइरालासंग नियमित सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology