
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालासंग नियमित सम्पर्कमा रहेका सबैको कोरोना नेगेटिभ देखिएको छ । कोइरालाको स्वाव परीक्षण लगत्तै महारागञ्जस्थित कोइरालानिवासमै नियमित सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको थियो ।
महामन्त्री कोइरालाकी पत्नी डा. सुपात्रा कोइराला, स्वकीय सचिव भरतराज तिवारी, सहयोगी सुरज उप्रेतीसहित निवासमा नियमित रहने सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । सो क्रममा स्वाव परीक्षण गराएका कांग्रेसका केही नेता, पत्रकार र छिमेकी समेतको रिपोर्ट नेगेटिभ आएको महामन्त्री कोइरालाको सचिवालयले जानकारी दिएको छ ।