
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस नेता तथा कार्यकर्ताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । स्वास्थ्यमा समस्या नदेखिएपनि महामन्त्री कोइरालामा लक्षणरहित संक्रमण देखिएको हो । यसैबीच कांग्रेस नेता एवं सांसद गगन थापाले महामन्त्री कोइरालाको स्वास्थ्यलाभको कामना गरेका छन् । थापाले दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा महामन्त्री कोइरालामा पनि संक्रमण देखिएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले महामन्त्रीसंग नियमित सम्पर्कमा रहेकाहरुलाई सर्तकता अपनाउनसमेत आग्रह गरेका छन् ।
दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढ्ने क्रम निरन्तर छ।यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री @DrShashankKoir1 ज्यूलाई कोरोना संक्रमण देखिएको छ।
महामन्त्रीज्यूलाई शीघ्र स्वास्थ्य लाभको कामना!
साथै वहाँकाे सम्पर्कमा आउनुभएका सबैले विशेष सतर्कता अपनाउनुहुन पनि अनुरोध गर्दछु। https://t.co/fg9Lu1lEnW— Gagan Thapa (@thapagk) September 8, 2020