मुख्यमन्त्री राउतको जितिया पर्वमा शुभकामना


  • Jaynepalnews
  • बुधबार, भदौ २४, २०७७

२४ भदौ, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गर्नुभएको छ ।

मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन् ।

आजबाट विधिवतरूपमा शुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology