थप ६ जनाको मृत्यु


  • Jaynepalnews
  • बुधबार, भदौ २४, २०७७

२४ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ८३ बर्षिय, कास्कीकी ७३ बर्षिय र बाँकेकी ८० बर्षिय महिला रहेकीछन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ६७ बर्षिय पुरुष, अर्घाखाँचीका ४२ बर्षिय पुरुष र नवलपरासीका ६४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology