सपिङ मल साताको तीन दिन खोल्न सकिने


  • Jaynepalnews
  • बिहिबार, भदौ २५, २०७७

२५ भदौ, काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

बुधबार रातिदेखि निषेधाज्ञा खुकुलो बनाउदै यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय गरेका छन् ।

यसैबीच सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर साताको तीन दिन खोल्न सकिने छ । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै सातामा सोमबार, बुधबार र शनिबार मात्र यी पसल खोल्न पाइने जानकारी गराएको छ ।

त्यस्तै फर्निचर र अटो मोबाइल सम्बन्धि पसल सातामा सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

त्यस्तै टेक अवे र अनलाइन डेलिभरी सेवा स्वास्थ्यको मापदण्ड पालना गरेर दिउसो १२ बजे देखि ७ बजेसम्म गर्न सकिने भएको छ ।

त्यस्तै भाडा पसल र भान्सा पसल साथै सोहि प्रकृतिका पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिने छ ।

त्यस्तै फुटपाथ पसल, ठेला व्यापारी, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्ट्रोनिक पसलहरु, डिपार्टमेन्ट स्टोरहरु हरेक दिन विहान ११ बजेसम्म तथा बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भएको छ ।

त्यस्तै सवारी साधन मर्मत सम्बन्धि वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology