थप ५ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो


  • Jaynepalnews
  • बिहिबार, भदौ २५, २०७७

२५ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ४ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ५५ बर्षिय रहेकीछन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ५९ र ८३ बर्षिय पुरुष, चितवनका ६२ बर्षिय पुरुष र कपिलवस्तुका २९ बर्ह्सिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४०२ महिला र ८४४ पुरुषसहित १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology