
२६ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ६९६ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४६३ महिला र ९९१ पुरुष गरि कुल १४ सय ५४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।