
२६ भदौ, काठमाडौं । नेपालमा थप १४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर १४ सय ५४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
प्रतिक्रिया