
२६ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ४ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा मोरङकी ४० बर्षिय महिला रहेकीछन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा महोत्तरीका ६५ बर्षिय, धनुषाका ४५ बर्षिय, काठमाडौँका ७० बर्षिय र नवलपरासीक ५५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।