नेकपाको स्थायी कमिटी बैठक सकियो, अध्यक्षद्वयको कार्यभार विभाजन


  • Jaynepalnews
  • शुक्रबार, भदौ २६, २०७७

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी अध्यक्ष द्वयले प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित गर्दै बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

योसँगै अब नेकपामा असार १० गतेदेखि शुरु भएर अनेकौ विवादका कारण लगातार स्थगित हुदै आएको स्थायी कमिटीको बैठक सकिएको छ ।

बैठकको निर्णय अनुसार अब सरकार संचालनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले निभाउने छन् भने पार्टी संचालनको जिम्मा पुष्पकमल दाहाल प्रचण्डले निभाउने छन् ।

बैठकले पारित गरेको प्रस्ताव अनुसार अब सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने भएको छ ।

त्यसै गरि अब पार्टीको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा पार्टीलाई विधि र प्रणालीबाट संचालन गर्ने, अध्यक्ष द्वयको कार्यभारको विभाजन, कोरोनाको रोकथाम र नियन्त्रण बारे निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology